कार्यक्रम सहभागी हुन पोखरा गएकी गायिका छन्त्याल जहाज दु’र्घटना परि मृत्यु

 माघ ०१, २०७

काठमाडौं : पोखरामा भएको यति एयरलाइन्सको जहाज दु’र्घटनामा पर्नेमा एकजना लोक गायिकासमेत रहेकी छिन् ।दु’र्घटनामा पर्नेमा लोकगायिका निरा छन्त्याल रहेकी छिन् ।उनी पोखरामा आयोजित कार्यक्रममा सहभागी हुन पोखरा गएकी थिइन् । गायिका निराले हिजो फेसबुकमा आफू पोखरा जान लागेको समेत जानकारी गराएकी थिइन्।

‘छन्त्याल भवन काठमाडौँको माघी सकियो, भोलि पोखरामा रमाइलो गर्नुपर्छ,’ उनले फेसबुकमा लेखेकी थिइन्। उनले आज बिहान फेसबुकमार्फत माघे सङ्क्रान्तिको शुभकामना समेत व्यक्त गरेकी थिइन् । उनले लेखेकी थिइन्, ‘माघे सङ्क्रान्तिको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदिबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

उनी पोखरामा आयोजित कार्यक्रममा सहभागी हुन पोखरा गएकी थिइन्। दुर्घटनापछि गायिका निराको अवस्था खुलेको छैन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान १०:३५ बजे उडेको नाइन एन- एएनसी उक्त जहाज वरिष्ठ पाइलट कमल केसी र कोपाइलट अन्जु खतिवडाले प्लेन उडाएका थिए । यती एयरलाइन्स स्रोतका अनुसार एस हुन्चु र ओए मगर परिचारिका थिए ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय