सत्तारूढ दलबीच मन्त्रालय बाँडफाँट : कसलाई कति मन्त्रालय ?

 माघ ०३, २०७

काठमाडौँ: सत्ता साझेदार सात दलले मन्त्रालय बाँडफाँट गर्दा नेकपा एमालेले ८ मन्त्रालय पाएको छ। 
सोमबार साँझ ६ बजेदेखि राति१० बजेसम्म प्रधानमन्त्री निवास बालुवाटारमा बसेको साझेदार दलका शीर्ष दलको बैठकले १७ मन्त्रालयको भागबन्डामा सहमति जुटाएको हो।
एमालेबाट अहिले सरकारमा बिना विभागीयसहित उपप्रधानमन्त्री एवं अर्थमन्त्रीसहित ४ मन्त्री छन्। यस्तै माओवादीले अब ४ मन्त्रालय पाएको छ।
जसमा एक राज्य मन्त्री पनि छ। अहिले माओवादीबाट प्रधानमन्त्रीसहित उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री छन्। अब ३ मन्त्री र र १ राज्यमन्त्री थपिने छन्।
नेकपा माओवादी केन्द्रको भागमा संचार, पर्यटन र रक्षा मन्त्रालय परेको छ।
एक नेताले दिएको जानकारी अनुसार माओवादीले पाउने ३ मन्त्रालयमा सहमति भएपछि मन्त्रालय पनि सहमती भएको हो।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलको बैठकले सो निर्णय गरेको हो।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधान तथा गृहबाहेक शिक्षा र श्रम मन्त्रालय पाएको छ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री सहित सरकारमा रहेको रास्वपाले थप २ मन्त्रालय पाएको हो। सोमबार बसेको सत्ता साझेदार दलको बैठकले श्रम र शिक्षा मन्त्रालय रास्वपालाई दिने निर्णय गरेको हो।
उता राष्ट्रिय प्रजातान्त्र पार्टीले पनि दुई मन्त्रालय पाएको छ। अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा ऊर्जामन्त्री बन्ने भएका छन्। साथमा सहरी विकास र खेलकुद मन्त्रालय राप्रपाको भागमा परेको छ।
जनता समाजवादी पार्टीलाई २ मन्त्रालय दिने निर्णय भए पनि ऊ सहमत भएको छैन । एक सांसदका अनुसार मन्त्रीहरुबारे भोलि बिहान पार्टीको बैठक बसेर निर्णय गरिनेछ।
‘हाम्रो दलको भागमा श्रम र शिक्षा मन्त्रालय परेको छ, अहिले मन्त्रीहरुबारे कुनै निर्णय भएको छैन,  एक सांसदले भने, अब भोलि बिहान बैठक बसेर नाम फाइनल गर्छौ ।’
मंगलबार दिउँसो १ बजे नयाँ मन्त्रीहरुको शपथ कार्यक्रम राखिएको छ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय