गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि बाँकेको जमुनाह नाकामा कडाई, अवैध सामान धमाधम बरामद

 माघ ०३, २०७

गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि बाँके प्रहरीले भारतबाट हुने अवैध तस्करी नियन्त्रणमा कडाइ गरेको छ ।
भारतबाट भन्सार छलेर भित्र्याउने तस्करहरुमाथि निगरानी बढाएसँगै नेपालगन्जको जयसपुरबाट ८० हजार बराबरको  अवैध सामान बरामद भएको ईलाका प्रहरी कार्यालय जमुनाहका बरिष्ठ सई पूर्ण विक जानकारी दिए ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं.१६ जयसपुर स्थित ईलाका प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलिले अबैध सामान बरामद गरेको हो ।

बरिष्ठ सई पूर्ण विकका अनुसार चिनी १ क्विन्टल र लेडिज कुर्ता सुरवाल-९० पिस बरामद गरेको हो । बरामद गरेको सामानहरु आवश्यक कारबाहीको लागी भन्सार कार्यालय नेपालगन्जमा पठाईएको विकले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय