जिल्ला कार्यसमिति विस्तार गरि भ्रम फैलाउने कार्य भयो’ : उपेन्द्र विष्ट  

 माघ ०७, २०७

नेपालगन्ज : नेपाल बिद्यार्थी संघ बाँकेको कार्यबाहक अध्यक्षको नामबाट जिल्ला कार्यसमिति विस्तार गरि भ्रम फैलाउने कार्य गरेको भन्दै भत्र्सना गरिएको छ ।

नेपाल बिद्यार्थी संघ बाँकेका अध्यक्ष उपेन्द्रबहादुर विष्टले शनिबार एक विज्ञप्ती जारी गर्दै यस्तो भत्र्सना गरेका हुन् । नेपाल बिद्यार्थी संघ बाँकेको कार्यबाहक अध्यक्षको नाममा चक्र रावतले जिल्ला कार्यसमिति विस्तार गरेका थिए ।

गत मंसिर १९ गते नेपाल बिद्यार्थी संघका केन्द्रिय अध्यक्ष दुजाङ शेर्पाले आफुलाई बाँके जिल्ला अध्यक्षमा नियुक्त गरी पठाएको र आफु विभिन्न पक्षसँग छलफल गरी जिल्ला कार्यसमिति बिस्तार गर्ने प्रक्रियामा रहेको अवस्थामा नेविसंघ बाँकेको कार्यबाहक सभापति भनि र आफुले कसैलाई पनि अहिले कार्यबाहक नदिएको विष्टले विज्ञप्ती मार्फत प्रष्ट्याएका छन् । 

विज्ञप्तीमा भनिएको छ, ‘यसमा सम्पूर्ण नेपाल बिद्यार्थी संघका साथीहरु भ्रममा नपर्न पनि म हार्दिक अपिल गर्दछु ।’

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय