नेपालगञ्जमा महोत्सवको प्रचारप्रसार
सोचेको भन्दा बढी व्यापकता भईरहेको छ : संयोजक कंडेल

 माघ ०८, २०७

नेपालगन्ज : बाँकेको नेपालगञ्जमा यहीँ माघ १० गते देखि संचालन हुनलागेको महोत्सवको प्रचारप्रसारमा सहकार्य र सहयोग गर्दै आएका मिडिया प्रति महोत्सव प्रचारप्रसार समिति सकारात्मक प्रतिक्रिया दिदैँ सोचेको भन्दा बढी व्यापकता दिएको जनाएको छ ।
समितिले दिएको जानकारी अनुसार सोचेको भन्दा बढी व्यापक रुपमा प्रचारप्रसार भईरहेको र आयोजक समेत सन्तुष्ट रहेको छ ।
प्रचारप्रसार समितिका संयोजक भागवत प्रसाद कंडेलले मिडियालाई भने,‘प्रचारप्रसार सोचेको भन्दा धेरै राम्रो संग भईरहेको छ ।’
कारण समेत खुलाउदै भने, ‘किन भने मिडियाकर्मीहरु समेत खटिएर प्रचारप्रसारलाई अगाडि बढाउनुभएको छ । यस्तै प्रचार गाडी, अटोहरु पनि ठाँउ ठाँउमा बिहान ७ देखि साँझको ७ बजे सम्म प्रचारप्रसारलाई तिब्रता दिनुभएको छ ।’
‘यसमा अनलाईन मिडिया, छापा मिडिया, सोसल मिडिया, रेडियो, टिभि लगायत पत्रकारहरुले सहकार्य गनुभएको छ । हामीले अहिले सम्म प्रचारप्रसारमा सन्तोषजनक काम भईरहेको अनुभुति गर्नपाएका छौं ।’
दर्शकहरुलाई आर्कषण गर्न ठाँउ ठाँउमा व्यानर समेत राखिएको छ । मुख्यत चारै तिर जोड्नका लागि राप्तीसोनारी, कोहलपुर, खजुरा र रुपैडिहा तर्फबाट आउनेहरुको ध्यान तान्नका लागि ब्यानर राखिएको संयोजक संडेल जानकारी दिए ।
यस्तै बाटोमा स्वागतका लागि स्वागत गेट निर्माण हुने क्रममा रहेको बुझिएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजना र सिवालय सेक्युरिटी एण्ड मल्टी प्रपोज कम्पनी प्रा. लि.को सहआयोजनामा  हुन लागेको हो ।
नेपालगञ्ज १८ स्थित सडक डिभिजन कार्यालय परिसरमा ‘चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९’ हुन लागेको हो । जसमा राष्ट्रिय, अन्तरराष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने छ ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय