नेपालगन्जमा खुल्यो १५ शैयाको आयुर्वेद अस्पताल

 माघ १३, २०७

नेपालगन्ज : नेपालमा पहिलो पटक निजि क्षेत्रबाट खुलेको सर्वाधिक ठुलो आयुर्वेद अस्पताल नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलको उद्घाटन गरिएको छ ।

बिहीवार एक समारोहका बिच नेपाली कांग्रेसका प्रवक्ता एवम् पुर्व परराष्ट्र मन्त्री डा. रामशरण महतले अस्पतालको उद्घाटन गर्नुभयो ।

नेपालगन्ज आर्दश नगर चौक नजिकै खुलेको १५ शैयाको आयुर्वेद जनरल अस्पताल नेपालगन्ज हेल्थ क्याम्पसले संचालन गरेको हो ।

उद्घाटन समारोहमा प्रवक्ता एवम् पुर्व परराष्ट्र मन्त्री डा.महतसँगै नेपालगन्ज आयुर्वेद जनरल अस्पतालका अध्यक्ष एवम् संचालक मैकुलाल वाल्मिकी, अस्पतालका प्रमुख प्रसाकिय अधिकृत प्रभाकर मिश्र, लुम्बिनी प्रादेशिक आयुर्वेद अस्पतालका निर्देशक एवम् नेपाल आयुर्वेद परिषदका अध्यक्ष डा. सन्तोष कुमार ठाकुर, नेपालगन्ज मेडिकल कलेजका प्रमुख डा. सुरेश कनोडिया लगायतको उपस्थिती रहेको थियो ।

डा. महतले नेपालगन्ज आयुर्वेद अस्पतालले स्वास्थ्य क्षेत्रमा एउटा महत्वपुर्ण कार्यको सुरुआत गरेकोमा अस्पताल टिमलाई धन्यवाद दिदैं आयुर्वेद चिकित्सा पद्धतिलाई आमनागरिक सम्म पु¥याउन अस्पतालले सहयोग गर्ने विश्वास व्यक्त गर्नु भयो ।

उहाँले भन्नु भयो, ‘अहिले आयुर्वेदको बारेमा राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा चर्चा, यसको वैज्ञानिकता बारेमा बहस भैरहेको छ । यसलाई सबैले स्वीकार गरेका छन् । आयुर्वेद बैज्ञानिकतामा आधारित छ । प्राकृतिक पद्धतीमा आधारित छ । यसको कम भन्दा कम साईड इभेक्ट छ । प्राकृतिक स्तरबाटै औषधी निर्माण गरिएको छ । आयुर्वेद उपचार पद्धतिले बेजोड उपचार र रोगलाई रोक्ने सुनिश्चितता गर्छ भन्ने कुरा संसारले मानेको छ ।’

डा. महतले थप्नु भयो, ‘नेपालमा आयुर्वेद उपचार पद्धति र अध्यापन बढदो क्रममा छ । सरकारले यसलाई प्राथमिकतामा राख्नु पर्छ । सेवा भावले नेपालगन्ज आयुर्वेद अस्पताल जस्तै देशभर सेवा पु¥याउन सक्यो भने सस्तो, छिटो, छरितो र कम नकारात्मक असर पर्ने पद्धति भएकोले नेपालको स्वास्थ्य क्षेत्रमा यसले ठुलो योगदान पु¥याउन सक्छ । आम मानिसको जनजीवनमा पनि ठुलो प्रभाव पार्छ ।’

अस्पतालको वातावरण आफुलाई प्रभावित गरेको डा. महतले बताउनु भयो । उहाँले भन्नु भयो,‘ अस्पताल अत्यन्त सफा र शान्त वातावरणमा रहेछ । सफाईलाई महत्व दिइएको छ । यो निकै राम्रो कुरा हो । यही स्तरलाई निरन्तरता दिदैं संचालन भैरहेको अवस्थामा राम्रो सन्देश जान्छ । आज अस्पतालको उद्घाटन दिनमा सेवा लिनको लागि मानिसको भिड लागेको छ । यो नै आयुर्वेद प्रति जनताको विश्वास हो । यसलाई अस्पतालले कायम राख्दै काम गर्नु पर्छ ।’

‘स्वस्थ नेपाली, समृद्ध नेपाल’ भन्ने नाराका साथ सेवा भावले अस्पतालको सुरुआत गरिएको नेपालगन्ज आयुर्वेद जनरल अस्पतालका अध्यक्ष एवम् संचालक तथा संविधान सभा सदस्य मैकुलाल वाल्मिकीले बताउँनु भयो । उहाँले भन्ने भयो, ‘आयुर्वेद नेपाल जस्तो देशका लागि निकै महत्वपुर्ण साबित बन्नेछ । नेपालमा अझै दुर्गम, ग्रामिण क्षेत्रहरु धेरै छन् । आर्थिक अवस्था कमजोर भएका मानिसहरुको संख्या धेरै छ । उनीहरुले सहि रुपमा उपचार पाईरहेका छैनन । हामी जडीबुटीमा सम्पन्न देश हौं । हाम्रो वरपर भएका जडिबुटी जडिबुटी नै उपयोगी छन् । यही कुरा स्थापित गराउन हामीले आयुर्वेद अस्पताल र आयुर्वेद एचए स्तरको अध्यापन गराउने निर्णय गरेका हौं ।’

लुम्बिनी प्रादेशिक आयुर्वेद अस्पताल दाङ, बिजौरीका निर्देशक एवम् नेपाल आयुर्वेद परिषदका अध्यक्ष डा. सन्तोष ठाकुर, नेपालगन्ज मेडिकल कलेजका प्रमुख डा. सुरेश कनोडिया लगायतले नेपालगन्ज आयुर्वेद जनरल अस्पतालले नेपालको आयुर्वेद क्षेत्रमा उच्च स्तरको सेवा दिदैं नागरिकमा आयुर्वेद प्रतिसकारात्मक प्रभाव पार्न सफल हुने विश्वास व्यक्त गर्नुभयो।

नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलका प्रमुख प्रशासकिय अधिकृत प्रभाकर मिश्रले आगामी दिनमा थप सेवा र उच्च स्तरको आयुर्वेद चिकित्सा शिक्षालाई प्राथमिकता दिने बताउनुभयो ।

उद्घाटनको दिनमा अस्पतालले निशुल्क स्वास्थ्य शिविरको पनि आयोजना गरेको छ । जसमा २ सय भन्दा बढीले स्वास्थ्य परिक्षण गराएको अस्पतालले जनाएको छ । नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलले गौरव स्मृति प्रतिष्ठानसँगको सहकार्यमा निःशुल्क रुपमा आखाँ शिविरको पनि आयोजना गरेको थियो ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय