कालीगण्डकी नदीका दुई ठूला शिला भारतको अयोध्या लैजादै

 माघ १३, २०७

पोखरा : अयोध्या जाँदै गरेको एउटा शिला २६ टनको र अर्को १४ टनको छ। लरीमा फलामको साङ्लाले बाँधेर यी दुई शिला म्याग्दीको गलेश्वरबाट भारततिर पठाइसकिएको छ। म्याग्दीबाट बिहीबार शिला बोकेर गुडेका लरी साँझ पोखरा आइपुगेका छन्। कालीगण्डकी सभ्यता अभियन्ता डा. कुलराज चालिसेले यी दुई ढुंगा शुक्रबार भरतपुर र शनिबार जनकपुर पुग्ने बताए।
लरीमा दुइटा ठूला ढुंगासँगै एउटा अर्को शिला पनि छ। त्यो भने जनकपुरको जानकी मन्दिरमा राखिने चालिसेले बताए।

उनका अनुसार दुई शिलामध्ये एउटा कुँदेर रामको बालस्वरूप ‘रामलला’ बनाइनेछ। रामललाको मूर्ति कमलको फूलमाथि बसेको हुनेछ। अर्को शिलाबाट मन्दिरमा अन्य मूर्ति बनाइनेछ।

हिन्दु धर्मावलम्बीले रामलाई विष्णुको अवतार मान्छन्। उनका चार अवतारमध्ये पिपल, कुश, तुलसी र शालिग्राम मानिन्छ। रामको मूर्ति शालिग्राम पाइने कालीगण्डकीको ढुंगाबाट बनाउन उपयुक्त हुनुकासाथै र राम मन्दिर निर्माण समितिलाई रामलला बनाउन कम्तीमा हजार वर्ष टिक्ने ढुंगा चहिएकाले पनी समितिले यहाँबाट शिला लैजान चाहेको मेयर केसीले बताए।

यी ढुंगा छान्ने बेलामा सयभन्दा धेरै ढुंगा अवलोकन गरेर गुणस्तर परीक्षण गरिएको अभियन्ता चालिसेले बताए। भूगर्भविदको टोलीले विभिन्न परीक्षण गरेर यी बलिया ढुंगा छानिएका हुन।
अयोध्यामा रामको बालस्वरूप बनाउने विषयमा ५ वटा शिलापत्र पनि बनाइएको छ। त्यसमध्ये एउटा गण्डकी प्रेदश संग्रहालय पोखरा, अर्को काठमाडौं, एउटा जनकपुर र एउटा राम मन्दिरमा राखिने चालिसेले बताए।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय