श्रीमती र छोरालाई पेट्रोल छर्केर आगो लगाए, छोराको मृ त्यु, श्रीमती गम्भीर

 माघ १६, २०७

नेपालगन्ज : बाबुले पेट्रोल छर्किएर आगो लगाईदिँदा बाँकेमा २ वर्षीय बालकको मृत्यु भएको छ।

कोहलपुर नगरपालिका १ शक्तिनगरका ३० वर्षीय भानुभक्त बिकले आइतबार साँझ श्रीमती गंगा विक र दुई वर्षका छोरा प्रिन्सलाई पेट्रोल छर्किएर आगो लगाइदिएका थिए।

आगोबाट गम्भीर घाइते भएका आमा-छोरालाई उपचारका लागि अस्पताल लगिएको थियो।

इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी ऐनबहादुर मल्लले उपचारका क्रममा बालक प्रिन्सको गए राति करिब १ बजेतिर मृ त्यु भएको डाक्टरहरूलाई उद्धृत गर्दै जानकारी दिए।

गम्भीर घाइते गंगाको भने भेरी अस्पतालमा उपचार भइरहेको छ। उनको घाँटी र ढाडमा आगोले पोलेको छ।

आइतबार साँझ करिब ६:३० बजेतिर भानुभक्तले श्रीमती र छोरामाथि पेट्रोल छर्केर आगो लगाएर भागेका थिए। घरायसी विवादका कारण श्रीमती र छोरालाई उनले आगो लगाएको अनुमान छ।

घरमा भानुभक्तकी दिदीलगायत पाहुना आएका थिए। उनीहरूले प्रहरीलाई जानकारी गराएपछि घटना बाहिर आएको थियो। श्रीमती गंगामाथि भानुभक्तले पाँच लाख रूपैयाँको हिसाव देखाउन भनेपछि विवाद भएको थियो।
घटनापछि फरार रहेका भानुभक्तलाई प्रहरीले पक्राउ गरिसकेको छ। भारततर्फ प्रवेश गर्ने प्रयासमा रहेका उनलाई जमुनाहा नाका नजिकैबाट पक्राउ गरिएको डिएसपी मल्लले जानकारी दिए। उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय