नेपालगञ्ज महोत्सवमा भोलि भोजपुरीका सुपर स्टार खेसारी २आउने

 माघ १८, २०७

नेपालगन्ज : बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा भोलि बिहीबार भोजपुरीका सुपर स्टार धीरेन्द्र धांसु (खेसारी-२) आउने भएका छन ।

नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको मञ्चमा अन्तरराष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रह्नेछ ।

भोलि बिहीबार खेसारी-२ संगै गायिका अनिसा वर्मा, प्रोग्राम आर्गनाईजर मनोज भास्कर, एक्टर बिक्की जायसवाल, गायक गौरब मिश्रा आउने भएका प्रचारप्रसार समितिका संयोजक भागवत कंडेलले जानकारी दिए ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र शिवालय सेक्युरिटी तथा मल्टीपर्पोज कम्पनी प्रा. लि.को संयुक्त आयोजनामा अझै ६ दिन सम्म जारी रह्ने महोत्सवमा भोलि एमउबी.एम.पी म्पूजिककी दमदार प्रस्तुति समेत रह्नेछ भने मोडल नेहा राज, मुस्कान जानू, चाहत जी, पायल आउने कार्यक्रम तय भएको आयोजकले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय