ट्रकले स्कुटरलाई ठक्कर दिँदा काेहलपुरमा स्कुटर चालकको घटनास्थलमै मृत्यु

 माघ २०, २०७

काेहलपुर: बाँकेको कोहलपुरमा सडक दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नं. ३ स्थित मदनचोकमा शुक्रबार बेलुका करीब ९ बजेको सडक दुर्घटना भएको हो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार पश्चिमतर्फ जाँदै गरेको रा १ क १३५६ नम्बरको ट्रक र पूर्व आउँदै गरेको भे ७ प ८४३१ नम्बरको स्कुटर एकआपसमा ठोक्किदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको हो । मृतकको पहिचान भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृतकको शरीर क्षतविक्षत भएकाले पहिचानमा समस्या देखिएको हो । अहिले घटना स्थलमा पुगेर प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय