अन्तत: शर्मिला वाईबाले ऋषि धमलासँग मागिन् माफी भनिन् – मलाई र ऋषिलाई सिध्याउन गिरोह नै लागेको छ

 माघ २५, २०७

काठमाडौं : शर्मिला वाईबाले आफूले ऋषि धमलाबारे हिजो बोलेको अभिव्यक्ति सत्य नभएको बताएकी छिन् । आज फेरी एक भिडियोमा अन्र्तवार्ता दिँदै उनले माफी मागेकी छन् ।उनले आफू र धमलाबीच व्यक्तिगत लेनदेनको कुरा भएको तर त्यस्तै कुनै सम्बन्ध नभएको बताएकी छन्् ।

आफूले ऋषि धमलाबारे अलिकति बढि नै बोलेको बताउदै उनले धमलालाई सिध्याउन गिरोह लागेको समेत बताएकी छन् ।धमला र आफूबीच व्यक्तिगत लेनदेन र कारोबारभन्दा अरु केही नभएको उनको जिकिर छ । उनले आफूसँग कुरा गरेका पत्रकारहरुले अनेक कुरा गरेको समेत बताइन् । उल्टै उनले आफु माथि मानहानी समेत भएको बताएकी छन् ।

सोमबार अन्र्तवार्ता भरी ऋषि धमलालाई गाली गरिेकी उनले आज फेरी एकाउक बोली फेरेकी हुन् । उनले ऋषि धमला देशकै चर्चित पत्रकार भएको तथा भन्दै उनले आक्रोश समेत पोखेकी छिन् ।उनले ऋषि धमला देशकै चर्चित पत्रकार भएको र आफू र ऋषिलाई सिध्याउने डिजाईन भएकोपनि खुलासा गरेकी छिन् । उनले आफूले बोलेको कुरालाई ऋषि धमलासँग माफी माग्दै अब देखी यस्तो नबोल्ने बताएकी हुन् ।

अन्तत: शर्मिला वाईबाले ऋषि धमलासँग मागिन् माफी भनिन् – मलाई र ऋषिलाई सिध्याउन गिरोह नै लागेको छ

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय