विनाविभागीय मन्त्री कृष्णा केसीद्वारा पदबाट राजीनामा

 माघ २८, २०७

२८ माघ – लुम्बिनी प्रदेशकी विनाविभागीय मन्त्री कृष्णा केसीले पदबाट राजीनामा दिनुभएको छ ।

लामो समयसम्म जिम्मेवारीविहीन भएको भन्दै केसीले मुख्यमन्त्री लिला गिरीसमक्ष राजीनामा बुझाउनुभएको हो । केसी बाँके क्षेत्र नम्बर १ को १ बाट निर्वाचित सांसद हुनुहुन्छ । पुस २७ गते केसीले मन्त्रीको रुपमा शपथग्रहण गर्नुभएको थियो ।

मुख्यमन्त्री गिरीसहित एमालेबाट चेतनारायण आचार्य र माओवादी केन्द्रबाट कृष्णा केसी मन्त्री हुनुभएको थियो । तर, भागबण्डा नमिलेपछि मन्त्रालयको जिम्मेवारी भने तोकिएको थिएन । पुस २७ गते प्रदेश सभाका १० मध्ये ७ दलका ५६ र २ स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा गिरी मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । गिरीले माघ ५ गते ५९ सांसदको विश्वासको मत पाउनुभएको थियो ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय