लुम्बिनी प्रदेशमा जसपाका अहिर कृषि मन्त्री

 फागुन ०, २०७

नेपालगन्ज : लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादी पार्टीका सांसद भण्डारीलाल अहिल मन्त्री बन्नु भएको छ । मन्त्री अहिरले सोमबार कृषि तथा भूमि व्यवस्था मन्त्रीको सपथ लिनु भएको हो । लुम्बिनी प्रदेशमा जसपाका तीन सांसद छन् । मुख्यमन्त्री चयनको बेला विश्वासको मत दिएको जसपा माघ २८ मा विस्तार गरिएको मन्त्रिमण्डलमा अटाएको थिएन । एमालेबाट कृषि तथा भूमि व्यवस्था मन्त्री बनेका तुलसीराम शर्मालाई विना विभागीय बनाएर अहिरलाई मन्त्री बनाइएको हो । मुख्यमन्त्रीसहित १० मन्त्रालय छन् । जसमध्ये नेकपा एमालेबाट मुख्यमन्त्रीसहित ५, माओवादी केन्द्रबाट ३, जनमत र राप्रपाबाट १÷१ मन्त्री छन् ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय