अर्घाखाँचीमा नेकपा एमालेको ‘मिसन ग्रासरुट’ सुरु

 फागुन ०, २०७

अर्घाखाँची : नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीद्वारा आयोजित मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान)–२०७९ अभिमुखिकरण कार्यक्रम सन्धिखर्कमा सुरु भएको छ ।
नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्य थापाको प्रमुख अतिथ्यतामा सन्धिखर्क स्थित संगम फुडल्याण्डमा कार्यक्रम सुरु भएको पार्टीका जिल्ला अध्यक्ष पिताम्बर भुसालले जानकारी दिए ।
केन्द्रीय सदस्य तथा प्रदेशसभा सांसद दिनेश पन्थी, प्रदेश कमिटी सचिवालय सदस्य रामजी प्रसाद घिमिरे, जिल्ला अध्यक्ष भुसाल, उपाध्यक्ष ईश्वरा पोख्रेल, सचिव तोजबहादुर रायमाझी लगायत नेता तथा कार्यकर्ताको उपस्थिती रहेको छ ।
संगठन विस्तार र पार्टी सुदृढिकरण गर्ने उद्देश्यले देशैभर कार्यक्रमको आयोजना गरिएको छ । अर्घाखाँचीका ६ स्थानियतह मध्ये मालारानी गाउँपालिका र भुमिकास्थान नगरपालिकामा सूर्य थापाको नेतृत्वमा कार्यक्रम हुनेछ ।
छत्रदेव गाउँपालिका र पाणिनी गाउँपालिकामा दिनेश पन्थी तथा सन्धिखर्क नगरपालिका र शितगंगा नगरपालिकामा पोलिटब्युरो सदस्य विमला घिमिरेको नेतृत्वमा कार्यक्रम गरिने नेकपा एमाले अर्घाखाँचीले जनाएको छ ।

दुईमहिने अभियानका लागि एमालेको केन्द्रीय सचिवालयले सबै केन्द्रीय नेतालाई ६ हजार सात सय ४३ वटा वडाका टोलसम्म पुगेर संगठन विस्तार गर्ने कार्यादेश दिएको छ । एमालेका केन्द्रीय सदस्य सात सय ५३ पालिकामा केन्द्रित भएका छन् ।
दुई महिनासम्म वडा हुँदै टोलसम्मको कमिटी गठन–पुनर्गठन र संगठन विस्तारका लागि खटाइएको एमालेले जनाएको छ  ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय