रुपन्देहीको सैनामैनामा बेहुली बाेकेकाे कार ट्रकमा ठोकिदा ४ जना घाइते

 फागुन ११, २०७

बुटवल : रुपन्देहीको सैनामैनामा कार र ट्रक एक आपसमा ठक्कर खाँदा ४ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सालझण्डी र फारलाईन विचको जङगलमा पश्च्मिबाट पूर्व तर्फ आउँदै गरेको लु ३ च ८९२ नम्बरको ट्रकमा विहीबार विहान लु २ ख ४३० नम्बरको कार ठोक्किएको थियो । कार लिएर फर्कदै गरेको बताइएको छ ।

दुर्घटनाबाट कारमा सवार बाँकेको राप्ती रोनारी गाउँपालिका–९ की २२ वर्षीया कविताकुमारी थारु, सोही ठाउँकी २३ वर्षीया शुशिला थारु, १५ वर्षीय विवश थारु र नवलपरासी पश्च्मिको सरावल गाउँपालिकाका २५ वर्षीय कृष्णा चौधरी घाइते भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलले जनाएको छ । घाइते मध्ये कविताकुमारी थारुको अवस्था गम्भीर रहेको र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय