बालुवाटारमा कांग्रेससहित चार दलका शीर्ष नेताहरूबीच छलफल जारी

 फागुन १२, २०७

काठमाडौं : प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चार दलका शीर्ष नेताहरूबीच छलफल सुरू भएको छ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत छलफलमा जुटेका हुन्।

छलफलमा जसपा अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरूलाई पनि बोलाइएको छ। कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा तथा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि बालुवाटारको छलफलमा सहभागी रहेको एक नेताले जानकारी दिए।

राष्ट्रपति निर्वाचन र यी दलबाट सहमतिमै उम्मेदवार तय गर्नेलगायत विषयमा छलफल केन्द्रित रहेको कांग्रेसका एक नेताले बताए।

संसदमा सबैभन्दा ठूलो दल आफूहरू भएकोले राष्ट्रपति पाउनुपर्ने अडान नेपाली कांग्रेसका नेताहरूको छ। अरू दलले भने राष्ट्रिय सहमति खोज्नुपर्नेमा धारणा राखिरहेका छन्।

शनिबार राष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ता गर्ने कार्यतालिका छ। चुनावका बेलाको पाँचदलीय गठबन्धन ब्युँताउने कोसिस पनि कांग्रेसलगायत दलहरूले गरिरहेका छन्।

बिहीबार बेलुकी माओवादी, जसपा र एकीकृत समाजवादीले बैठक गरेर आज कांग्रेससहित संयुक्त छलफल गर्ने निर्णय गरेअनुसार बालुवाटारमा बैठक भएको हो।

राष्ट्रपति चुनावमा राष्ट्रिय सहमति खोज्ने बताइरहेका प्रधानमन्त्री प्रचण्डले शुक्रबार कांग्रेससहित दलहरूसँग र सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटघाट गरी कुराकानी गर्ने तयारी गरेका छन्।

उनले बिहीबार साँझ पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै शुक्रबार एमाले अध्यक्ष ओलीसँग पनि भेटवार्ता गर्ने बताएका थिए।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय