तेह्रथुमको चुहानडाँडामा भीषण आगलागी, १४ घर जलेर नष्ट

 फागुन १२, २०७

तेह्रथुम: तेह्रथुम–आठराई गाउँपालिका ६ चुहानडाँडाको हातीखर्कमा आगलागीबाट १४ घर जेलेर नष्ट भएका छन् । आगलागीमा परी मानवीय क्षति भने भएको छैन ।

सो क्षेत्रमा शुक्रबार बेलुका ७ बजेसम्म पनि भीषण आगलागी भइरहेको छ । आगलागीबाट हालसम्म १४ वटा घर जलेर नष्ट भएको आगो नियन्त्रणमा खटिएका चुहानडाँडा प्रहरी चौकीका प्रमुख असई विष्णु प्रसाद पिठाकोटेले जानकारी दिए ।

९ वटा घरमा मानिस बसोवास गर्ने गरेको र बाँकी ५ घरमा भने मानिस अन्यत्र बसाई सरिसकेर खाली रहेको प्रहरीले जनाएको छ ।

शुक्रबार अपराह्न गाउँको पुछारमा रहेको फक्चुवा खोला दोभानको जंगलबाट सल्किएको आगो गाउँको बीचमा रहेको माझीटार सामुदायिक वनमा सल्किएको थियो । सो आगो हात्तीखर्क गाउँको बस्तीमा पसेर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीमा परी अहिलेसम्म फुसका छाना भएका १४ वटा घर जलेर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय