कांग्रेसकाे निर्णय : राष्ट्रपतिको उमेदवारमा पौडेल

 फागुन १३, २०७

नेपाली कांग्रेसले राष्ट्रपतिको उमेदवार रामचन्द्र पौडेललाई बनाउने निर्णय गरेको छ । आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पौडेललाई राष्ट्रपतिको उमेदवार बनाउने निर्णय गरेको हो । 

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस नेता रामचन्द्र पौडेलको नाम राष्ट्रपति उमेदवारमा प्रस्ताव गरेका थिए ।
बैठकले पौडेलको नाममा निर्णय गरेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आठ दलको बैठकमा कांग्रेसलाई राष्ट्रपति पद दिने प्रस्ताव गरेको र उपस्थित आठ दलका शीर्ष नेताले समर्थन जनाएकाले पौडेल आठ दलका साझा उमेदवार बनेका छन् । 

यसअघि शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदमा प्रतिनिधित्व गर्ने आठ दलको बैठकले राष्ट्रपतिमा कांग्रेस उमेदवारलाई सघाउने निर्णय गरेका थियो । आठ दलको सहमति पाएर राष्ट्रपति जित्ने सुनिश्चित भएपछि कांग्रेसले पौडेललाई उमेदवार छानेको हो । 

पौडेल नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाभन्दा पहिलेदेखि लागेका हुन् । २०१८ साल देखि नै कांग्रेसको राजनीतिमा लागेका पौडेल नेपाली कांग्रेसको महामन्त्री, उपसभापति र कार्यवाहक सभापतिसम्म भएका छन् । सरकारमा पनि उनले उपप्रधानमन्त्रीसहित, गृह, कृषिसहितका मन्त्रालय सम्हालको छन् । भने २०५१ सालमा मध्यावधिबाट आएको संसदमा उनले सभामुखको भूमिका पनि सम्हालिसकेका छन् ।

प्रधानमन्त्रीको निवास बालुवाटारमा शुक्रबारको बैठकमा कांग्रेससहित, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चा सहभागी थिए । 

राष्ट्रपति निर्वाचनका लागि आज उमेदवारी दर्ता हुँदै छ । यसका लागि बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्मका लागि समय तय गरिएको छ । 
 

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय