राप्रपा प्रदेश सरकारबाट बाहिरिने भएपछि एमाले नेतृत्वको प्रदेश १ सरकार अल्पमतमा

 फागुन १३, २०७

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रदेश सरकारबाट बाहिरिने भएपछि एमाले नेतृत्वको प्रदेश १ सरकार अल्पमतमा पर्ने भएको छ।

राप्रपा प्रदेश १ सरकारमा सहभागी छ। 

६ जना प्रदेससभा सदस्य भएको राप्रपा अहिले एउटा मन्त्रालयसहित सरकारमा थियो।

९३ सदस्यीय प्रदेश सभामा बहुमत कायम हुन ४७ मत आवश्यक पर्छ।

प्रदेशमा एमालेसँग ४०, माओवादीको सभामुखसहित १३, राप्रपाको ६ र जसपाको १ जनासहित एमाले नेतृत्वमा सरकार बनेको थियो।

विपक्षमा २९ सिट भएको का‌ंग्रस र ४ सिट भएको एकीकृत समाजवादी थिए। 

तर, राष्ट्रपति चुनावले चुनावी गठबन्धन ब्युँताएपछि प्रदेशको समीकरण फेरिने भएको छ।

शुक्रबा साँझदेखि एमालेको साथमा राप्रपा मात्रै हुने अवस्था आएको थियो। राप्रपाले पनि सरकार छाडेपछि मुख्यमन्त्री हिक्मत कार्की संकटमा परेका छन्।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय