राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा रीता थापामगर निर्विरोध निर्वाचित

 फागुन १३, २०७

मलेखु: राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा धादिङकी रीता थापामगर निर्विरोध निर्वाचित भएकी छन् । धादिङबेंसीमा जारी प्रतिष्ठानको आठौं केन्द्रीय महाधिवेशनमा अध्यक्षका लागि थापाबाहेक अरुको उम्मेदवारी नै नपरेको निर्वाचन समितिले जनाएको छ ।

वरिष्ठ उपाध्यक्षमा स्याङ्जाका पशुपति शर्मा र प्रथम उपाध्यक्षमा रामजी खाँण सर्वसम्मत भएका छन् । सांगठनिक उपाध्यक्षमा सुवास केसी, प्रशासनिक उपाध्यक्षमा दीपक खड्का र महिला उपाध्यक्षमा राधिका हमाल पनि सर्वसम्मत निर्वाचित भएका छन् । सात जनाको खुला उपाध्यक्षमा भने १० जनाको उम्मेदवारी परेको छ । पुष्कल शर्मा, राजु ढकाल, चोलेन्द्र पौडेल, कृष्ण रेउले, खुमन अधिकारी, कुलेन्द्र विश्वकर्मा, पूर्णकला वीसी, शंकर वीसी र तारापति सुवेदीको उम्मेदवारी परेको हो ।

प्रतिष्ठानको महासचिवमा शिव हमाल सर्वसम्मत भएका छन् । उपमहासचिवमा हरि डाँगी, शिरीष देवकोटा र कोषाध्यक्षमा अमृत अधिकारी सर्वसम्मत भएका छन् । त्यस्तै महिला सचिवमा जमुना राना सर्वसम्मत भएकी छन् । त्यस्तै सात प्रदेशमध्ये भूगोल सचिवमा पनि गण्डकीबाहेक सबै प्रदेशबाट आउने सचिव पदमा सर्वसम्मत भएको छ । गण्डकी प्रदेशबाट भने तीन जनाको उम्मेदवारी परेको छ । महाधिवेशनले ३५ जनाको पदाधिकारीसहित ७५ सदस्यीय कार्यसमिति चयन गर्नेछ ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय