छोरीले गरिन आमाको काजकिरिया

 फागुन २१, २०७

अर्घाखाँची : बाबुआमाको मृत्युपश्चात् छोरीले दागबत्ती दिन हुन्न भन्ने परम्परा लाई तोडदै अर्घाखाँचीमा छोरीले आमाको काजकिरिया गरेकी छिन् ।

सन्धिखर्क नगरपालिका–२ चुत्राबेसी पुरानो बसपार्क निवासी डिल बहादुर गुरुङकि छोरी बसन्ता गुरुङले आफ्नो आमा ७३ वर्षीय प्रेमकला गुरुङको काजकिरिया गरेकी हुन । उनको उपचारको क्रममा फागुन ११ गते निधन भएको थियो ।

हिन्दुहरूको परम्परा अनुसार बाबुआमाको मृत्यु हुँदा छोराले नै दागबत्ती दिने र काजकिरिया गर्ने प्रचलन रहेको पाइए पनी पण्डितले बस्न मिल्छ अन्त पनि बसेका छन् । आफ्नो बुबाको किरिया आफैँ बस्दा झन् राम्रो हुने भनेपछि आफ्नाे चाहनामा थप सहजता भएको बताइन् ।देवघाटमै पुगेर आमालाई दागबत्ती दिएकी थिइन् ।

हामी दुई बहिनी छौं । जेठो दिदी को श्रीमान विदेश हुनुन्छ उहाँ किरिया पछि बस्नु हुन्छ । आमाको हेरचाह गर्न सक्ने हामी आमाको संस्कार पनि त गर्न सक्छौँ । समाजमा छोरीले मलामी जानुहुँदैन र किरिया गर्नुहुँदैन भन्ने गलत मान्यता हो उनले भनिन् ।

समाजलाई चुनौती दिँदै उदाहरणीय छोरी बनेको भन्दै साहसलाई सामाजिक सञ्जालमा धेरैले प्रसंशा गरेका छन् ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय