अर्घाखाँची : मन्त्री चेतनारायण आचार्यको घरमा चोरी

 फागुन २४, २०७

अर्घाखाँची : लुम्बिनी प्रदेश सरकारका मन्त्री चेतनारायण आचार्यको घरमा चोरी भएको छ । सन्धिखर्कको हटारीनेटा स्थित उनको निजी निवासमा गएराती चोरी भएको हो ।
लुम्बिनी प्रदेश सरकारका खानेपानी, ग्रामिण तथा शहरी विकास मन्त्री आचार्यको परिवार घरमा नभएको मौका छोपी चोरी भएको प्रहरीले जनाएको छ । घरका रहेका सबै कोठाको ताल्चा फुटालेर चोरी गरिएको प्रहरी नायब उपरिक्षक मुकुन्द रिजालले बताए ।
के कती चोरी भयो भन्ने बारे मन्त्री आएपछी यकिन हुने भन्दै उनले आफुहरुले यसमा गम्भिर अनुसन्धान गरिरहेको बताए । ‘के कती चोरी भयो भन्ने विवरण माननिय ज्यु आएपछी थाहा हुन्छ,प्रनाउ रिजालले भने,‘हामीले अनुसन्धान थालेका छौं ।’
छिमेकीहरुका अनुसार यसअँघी पनि आचार्यको घरमा चोरी भएको थियो । त्यस बेला त्यती धेरै क्षती नभएपनि यसपाली सबै ताल्चा फोडेको र सामानहरु लगेको उनीहरुको भनाई छ । ‘डेढ महिना अँघी पनि मन्त्री ज्यु को घरमा चोरी भएको थियो,छिमेकी शोभाखर पन्थीले भने,‘यसले वरिपरीका बासिन्दाले असुरक्षित महसुस गरिरहेका छन् ।’
मन्त्री आचार्य प्रदेश राजधानी भालुबाङ छन् भने उनकी श्रीमती बुटवल गएकी थिईन् । घरमा कोही नभएको सुईको पाएपछी चोरले घरमा लगाएको ताल्चा तोडेर सामानहरु लगेको छ ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय