गायक प्रमोद डिजी थारू गित तोहर नथिया बोलको गितमार्फत उत्कृष्ठ गायन अवार्डले सम्मानित

 फागुन २, २०७

नेपालगञ्ज : गायक प्रमोद डिजीले थारु गायनतर्फ उत्कृष्ठ राष्ट्रिय समाबेशी म्यूजिक अवार्ड ९निम० २०७९ पाउन सफल हुनुभएको छ ।

गायक डिजीलाई आइतबार काठमाण्डौमा एक समारोहमार्फत सो अवार्ड प्रदान गरिएको हो । समाबेशी म्यूजिक अवार्डमा समाबेश पाँच वटा गितमध्ये गायक डिजीको तोहर नथिया बोलको गितमार्फत उत्कृष्ठ गायन अवार्ड पाउन सफल हुनुभएको हो ।

पश्चिम नेपालमा चर्चित बनेको तोहर नथियामा गायक डिजी र अन्जु चौधरीको स्वर रहेको छ । बाँके जिल्लाका बिभिन्न पर्यटकिय स्थलहरुमा छायाँकन गरिएको उक्त म्युजिक भिडियोलाई चर्चित निर्देशक नवराज सुबेदीले निर्देशन गर्नुभएको छ ।

गीतमा मोडल कृष्णराज अधिकारी र सोना बज्राचार्यको अभिनय छ । गीतको संगीत संयोजन तथा संगीत केशव बडुले दिनुभएको छ । राम आरोहको शब्दमा तयार गितलाई राम चौधरीले छायाँकन तथा सम्पादन गर्नुभएको छ ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय