भिआइपी सवारीमा सडक खाली गराउनैपर्छ हो ?

 फागुन ३०, २०७

भिआइपी सवारीमा सडक खाली गराउनैपर्छ हो ?
सुरक्षा मापदण्डमा भिआइपी सवारी हुँदा सडक खाली गराउनुपर्छ भनेर लेखिएको छैन । खाली गर्नैपरे पनि एक लेनबाट सर्वसाधारण यात्रुलाई चलाएर अर्को लेनबाट भिआइपीको सवारी चलाउन पनि सकिन्छ । यसमा सुरक्षाकर्मीको ‘ओभर कन्ससनेस’ ले पनि काम गरेको हुन सक्छ । यसबारे भिआइपी स्वयंले पनि सोच्नुपर्ने हो । उहाँहरूले नै म सामान्य अगुवा, पछुवा लगाएर सर्वसाधारणसँगै हिँड्छु भन्नुपर्ने हो । 

सडक खाली गराउनु सुरक्षा संवेदनशीलता हो कि राजसी ठाँटबाँटको निरन्तरता ?
कार्यकारी प्रमुख प्रधानमन्त्रीको सवारी सामान्य रूपमै चलिरहेको छ । गृहमन्त्रीको पनि त्यसैगरी चलिरहेको छ । अन्य मन्त्रीहरू सामान्य पिएसओ लिएर हिँडिरहेकै छन् । तर, हिजोसम्म सांसद् या मन्त्री हुँदा सुरक्षा ‘थे्रट’ नहुने तर आज राष्ट्रपति हुनासाथ थ्रेट हुने भन्ने हुँदैन । त्यसैले, यसमा सुरक्षा निकायदेखि स्वयं भिआइपीले समेत सचेत भएर सर्वसाधारणसँगै व्यस्त सडक प्रयोग गर्ने संस्कारको विकास गर्नुपर्छ । 

सर्वसाधारणलाई सडकमा सास्ती नहुने गरी भिआइपी सवारीको विकल्प खोज्न सकिन्न ?
यसमा व्यावहारिक र तात्कालिक रूपमा विकल्प खोज्न सकिन्छ र सक्नु पनि पर्छ । विकल्पका रूपमा हेलिकोप्टर प्रयोग गर्न पनि सकिन्छ । एउटा मात्र लेन खाली गराएर या एउटै लेन खाली नगराईकनै पनि भिआइपीको सवारी चलाउन सकिन्छ । सुरक्षा निकायले तात्कालिक सुरक्षा स्थिति र थ्रेटको विश्लेषण गरेर पनि निर्णय लिन सक्छन् । यसमा मुख्य गरी भिआइपी आफैँले यस्तो परम्परा अन्त्य गर्न निर्देशन दिन सक्नुपर्छ ।साभार : नयाँ पत्रिका

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय