“जरा”माथि अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

 चैत ०१, २०७

बर्दिया जिल्लाको बाँसगढी नगरपालिका भित्र रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय लक्ष्मणपुरले “जरा” कृतिका लेखक सनत सापकोटासङ्ग विद्यार्थीहरूका बिच अन्तरक्रिया कार्यक्रम चैत्र १ गते सम्पन्न गरेको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका प्रज्ञा सभा सदस्य प्राज्ञ महानन्द ढकालले नेपाली भाषा साहित्यको विकास र वृद्धिमा शैक्षिक संस्थाहरूको महत्त्वपूर्ण भूमिका रहने भएकोले विद्यालय, विश्व विद्यालयका र अन्य शैक्षिक संघसंस्था लगायत स्थानीय तहहरूले पठन संस्कृतिलाई वृद्धि गर्न विभिन्न कार्यक्रमहरूको आयोजना गर्नु पर्ने बताए । भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा स्थानीय निकायहरू गम्भीर हुन ढकालको आग्रह थियो।

कार्यक्रममा लेखक तथा साहित्यकार सागर गैरेले “जरा” कथात्मक संस्मरण कृतिको समीक्षा गर्दै “जरा” कृतिमा सङ्कलित संस्मरणहरू कथात्मक शैलीमा लेखिएकोले यो कृति रोचक तथा पठनीय रहेको बताए ।

कार्यक्रमका सभापति बिद्यालयका प्रधानाध्यापक तथा गीतकार अर्जुन प्रसाद तिवारीले भाषा र साहित्यको पहिलो आधार भनेको विद्यालय तह भएकोले विद्यार्थीहरूमा भाषा साहित्यप्रति रूचि जगाउन यस प्रकारको कार्यक्रमको आयोजना गरिएको र यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने बताउनु भयो ।

झण्डै सय बढी ऐच्छिक नेपाली पढ्ने बिद्यार्थीहरूको सहभागिता रहेको कार्यक्रमा विद्यार्थीहरूले लेखक सनत सापकोटालाई जरा कृतिसङ्ग सम्बन्धित दर्जन बढी प्रश्नहरू सोधेको थिए । कार्यक्रमको सञ्चालन सीता कुमारी चालिसेले गरेकी थिइन् ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय