बाँसगढी उद्योग बाणिज्य संघको निर्वाचनमा दुबै प्यानलको ब्यापक प्रचार प्रसार, बद्रि बराल नेतृत्वको प्यानल जित नजिक

 चैत ०२, २०७

बाँसगढी उद्योग बाणिज्य संघको निर्वाचनको मिति नजिकिंदै गर्दा दुबै प्यानलले प्रचार प्रसारलाई तिब्र बनाएका छन् । आज नमुना मतपत्र सहित दुबै प्यानलका उम्मेदवारहरुलाई ब्यापारी, व्यवसायीका घरदैलोमा पुग्न हम्मेहम्मे परिरहेको छ ।
नरबहादुर वली नेतृत्वको लोकतान्त्रिक समावेशी प्यानलले ९ बुँदे प्रतिबद्धताका साथ चुनावी मैदानमा छ भने बद्रि बराल नेतृत्वको लोकतान्त्रिक समावेशी स्वतन्त्र व्यवसायीक प्यानल ‘‘हाम्रो संकल्प ः मर्यादित व्यवसाय, सम्मानित व्यवसायी, स्थानीय बजार, स्थानिय व्यवसायी हाम्रो प्राथमिकता” भन्ने नाराका साथ १५ बुंदे संकल्प पत्र सहित चुनाबि मैदानमा जोडतोडका साथ लागि रहेको छ ।


अहिले बाँसगढी उद्योग वाणिज्य संघको चुनावलाई राजनीतिक दलहरुले समेत उच्च महत्वका साथ हेरिरहेका छन् । नर बहादुर वली नेतृत्वको प्यानलमा एमाले र माओवादी पार्टीको समर्थन रहेको छ भने बद्रि बद्रि बराल नेतृत्वको प्यानलमा नेपाली कांग्रेस, एकिकृत समाजवादी र नागरिक उन्मुक्ती पार्टी लगायत स्वतन्त्र ब्यक्तिहरुको समर्थन रहेको छ ।
रोचक पक्ष त के छ भने अहिलेका दुबै प्यानलका अध्यक्षहरु बाँसगढी उद्योग वाणिज्य संघको गत निर्वाचनमा बरिष्ठ उपाध्यक्ष पदमा चुनावी प्रतिस्पर्धामा थिए । त्यतिबेला बद्रि बरालले भारी मतका साथ नरबहादुर वलीलाई पराजित गराएका थिए । अहिलेपनि चुनाव नजिकिंदै गर्दा बद्रि बराल नेतृत्वको प्यानल जितको नजिक रहेको स्थानीय व्यापारीहरुले बताएका छन् ।
चैत्र ४ गते हुने बाँसगढी उद्योग वाणिज्य संघको चुनावमा दुवै पक्षले आफ्नो जित सुनिश्चित भएको बताए पनि एक सर्वेक्षणले बद्रि बराल नेतृत्वको प्यानलका पक्षमा माहोल बढिरहेको देखाएको छ ।

लामोसमयदेखि उद्योग वाणिज्य संघमा रहेर काम गरिरहेको, ब्यापारीका सानाठुला समस्यामा साथ र सहयोग गर्ने बानी भएको, सबैसँग मिल्न सक्ने सरल एवम् अनुशासित ब्यवहार, बाँसगढीका पुराना रैथाने ब्यापारी भएकाले यहाँको बस्तुगत समस्य र समाधान गर्नसक्ने खुबी भएका कारण पनि बद्रि बरालको जित लगभग सुनिश्चित जस्तै भएको स्थानीय व्यापारीहरुले बताएका छन् ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय