क्षयरोगको कोर्हट विश्लेषण तथा अर्ध बार्षिक समिक्षा गोष्ठी बैजनाथमा सम्पन्न

 चैत ०२, २०७

बैजनाथ बाँके, बैजनाथ गाउँपालिका स्वास्थ्य शाखा को आोजनामा क्षयरोगको पालिका स्तरिय कोर्हट विश्लेषण तथा अर्ध बार्षिक समिक्षा गोष्ठी आज बिहिबार एक कार्यक्रमका बिच बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकायको अध्यक्षयता मा बैजनाथ गाउँपालिका मा सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा स्वास्थ्य कार्यलय बाँके का टि.बि रोग फोकल पर्सन मानब नेपालीले बैजनाथ गाउँपालिका अन्तरगर्तका आठ वटै वडामा रहेका सरकारी स्वास्थ्य संस्थाको तथ्याङक बिश्लेषण गरदै अर्ध बार्षिक समिक्षामा अधिकांस स्वास्थ्य संस्था को लक्ष्य अनुशारका केही सुचकहरुमा न्युन प्रगति देखिएको फोकल पर्सन नेपाली ले बताउनुभएको थियो सो बिषयमा बोल्दै फोकल पर्सन नेपाली ले क्षयरोग (टि.बि रोगका) नयाँ बिरामी पत्ता लाग्ने दरमा कमीहुनुमा स्वास्थ्य संस्थामा आएका ओपीडी बिरामी हरुको खकार जाँच नभएको र अधिकांस स्वास्थ्य स्ांस्थाले औषधी सेवन गरिरहेका पुराना बिरामी जुन खकारमा क्षयरोग (टि.बि.रोग) का किटाणु देखिएका बिरामीको घरका अन्य सदस्य लाई समेत खकार जाँच नगरिनुका कारण ले पनी क्षयरोग (टि.बि.रोग) का बिमारी पत्ता लाग्ने दर घटेको ले लक्ष्य प्राप्तीमा यस्ले कठीनाई उत्पन्न गरेको र बनकटवा स्वस्थ्य केन्द्र ,पालिकाको प्रेषण केन्द्र भएता पनि क्षयरोग सम्बन्धि खासै उल्लेखनीय काम गर्ने नसक्नु को पछाडी को कारण पहिलाउदै जिम्मेवार पुर्बक यो अभियान लाई आगामी दिन अगाडी बढाउन फोकल पर्सन नेपाली स्वास्थयकर्मी हरु लाई अनुरोध समेत गर्नु भयो ।उक्त समिक्षा कार्यक्रमको उदेश्यका बारे प्रकाश पारदै स्वास्थ्य शाखा प्रमुख लक्ष्मण राज शाही ले प्रगति कम भएका सुचक र स्वास्थ्य संस्थाहरुमा आगामी समयमा समस्या को न्युनीकरणका लागी कार्यक्रम सञ्चाललन गरिने र हाल गाउँपालिका भित्र ३८ जना क्षयरोग (टि.बि रोग) का बिरामी हरुले स्वास्थ्य संस्था बाट औषधी सेवन गरिरहेको शाही ले बताउनु भयो ।
उक्त समिक्षा कार्यक्रममा स्वास्थ्य संस्थाका प्रमुखहरु का तर्फबाट बनकटवा स्वास्थ केन्द्र प्रमुख डा.पुजा सुनार र स्वास्थय केन्द्र क्षयरोग फोकल पर्सन चन्द्र बहादुर खड्का ले आगामी दिनमा क्षयरोग उन्मुलन का लागी बस्ती स्तर मा पुगेर क्षयरोग उन्मुलन का लागी काम गर्ने आफुहरु प्रतिबद्ध रहेको बताएका थिए ।
पालिका स्तरिय कोर्हट विश्लेषण तथा अर्ध बार्षिक समिक्षा गोष्ठी लाई समापन बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय ले गाउँपालिका लाई क्षयरोग मुक्त पालिका निर्माण का लागी गाउँपालिका त्यसका लागी सधै तयार रहेको र स्वास्थ्यकर्मी लगाएत आम गाउँपालिका का आमनागरिक हरु सचेत र जागरुक भएर यो अभियान लाई सहयोग गर्ने आग्रह गर्नुभयो ।
उक्त कार्यक्रम को सञ्चालन बैजनाथ स्वास्थ्य शाखा का सिनीएर अ.हे.ब.दिवश अधिकारी ले गर्नु भएको थियो ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय