चैत १० गतेसम्म सरकारलाई पूर्णता दिने प्रधानमन्त्री प्रचण्डको घोषणा

 चैत ०३, २०७

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले चैत १० गतेसम्म सरकारले पूर्णता पाउने बताएका छन्।

शुक्रबार लगानी बोर्डको बैठकपछि प्रधानमन्त्री दाहालले आफूले चैत ६ गते विश्वासको मत लिने र त्यसको चार दिनभित्र सरकारले पूर्णता पाउने बताएका हुन्।

‘विश्वासको मतपछि सरकारलाई पूर्णता दिनेछु। विश्वासको मत ६ गते लिने भनिएको नै छ। त्यसको चार दिनभित्रमा सरकारलाई पूर्णता दिन्छु’, उनले भने।

प्रधानमन्त्री प्रचण्डले सरकार विस्तार गर्न कुनै पनि अप्ठ्यारो नरहेको दाबी गरे।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय