उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

 चैत ०३, २०७

काठमाडौं : नेपालको तेस्रो उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादव निर्वाचित भएका छन्।

शुक्रबार भएको निर्वाचनमा यादव एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झालाई पछि पार्दै उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् । 

बारा-२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका यादव जसपाका संसदीय दलका नेता हुन् । निर्वाचन आयोगका अनुसार रामसहाय प्रसाद यादवले संघीय सांसद तर्फ- १८४ को मतभार १४५३६ र प्रदेश सभाको मत ३२९ को मतभार १५७९२ पाएका छन् ।

उनले कुल ३० हजार ३२८ मतभार पाएको जसपा सांसद प्रदीप यादवले जानकारी दिए।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय