बर्दियामा बाघकाे आक्रमणबाट २ जनाकाे
मृत्यु

 चैत ०६, २०७

बर्दिया: बर्दियाकाे मधुवन नगरपालिकामा पाटे बाघको आक्रमणबाट दुई जना महिलाको मृत्यु भएकाे छ ।

बर्दिया मधुवन नगरपालिका ५ काे चिराैति सामुदायिक वनमा घाँस काट्न गएका बेला पाटे बाघको आक्रमणबाट दुई जना महिलाको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । बाघकाे आक्रमणबाट मधुवन ५ की ५० वर्षीया धनसरा गुरुङ र ५५ वर्षीया समुन्द्री बुढाक्षेत्रीकाे ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) हिक्मतबहादुर बाेहाेराले जानकारी दिनुभयो ।

नेपाल–भारत सीमा नजिक पर्ने खाता जैविक मार्ग आसपासका राष्ट्रिय वन तथा सामुदायिक वन र बर्दिया निकुञ्ज आसपासका मध्यवर्ती सामुदायिक वनमा घाँस, दाउरा लिन र च्याउ टिप्न गएका बेला पाटे बाघकाे आक्रमणका घटना हुने गरेकाे प्रहरीले जनाएको छ । 

मृतक दुई जना महिलाकाे शव पाेस्टमार्टमका लागि जिल्ला अस्पताल गुलरिया लगिएकाे प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय