त्रि.वि.परीक्षा नियन्त्रण कार्यालयमा ताला

 चैत ०, २०७

नेपालगन्ज । त्रिभुवन विश्वविद्यालयको क्षेत्रिय परीक्षा नियन्त्रण कार्यालय नेपालगन्जमा आज ताला लागेको छ ।
स्नातक तह चौंथो वर्षको परीक्षा सञ्चालन हुनुभन्दा ३ दिन अगाडी मात्र अचानक परीक्षा केन्द्रहरु परिवर्तन गरेको भन्दै विभिन्न क्याम्पसका विद्यार्थीहरुले आज नेपालगन्ज स्थीत त्रिभुवन विश्वविद्यालयको क्षेत्रिय परीक्षा नियन्त्रण कार्यालयमा तालाबन्दी गरेका छन् ।

बाँके र बर्दियाका क्यम्पस प्रमुखहरु बिज्ञप्ति बुजाउदा ….


यहि चैत्र १२ गतेबाट शुरु हुने स्नातक तह चौंथो वर्षको परीक्षाका लागि परीक्षा नियन्त्रण कार्यालयले चैत्र ९ गते मात्रै आफ्नो फेसबुक पेज मार्फत साविकको मध्यपश्चिमाञ्चल क्षेत्रभित्रका सबै प्राय क्याम्पसहरुको परीक्षा केन्द्र परिवर्तन भएको कुनै आधिकारिक हस्ताक्षर, छाप तथा लेटरप्याड विनाको सूचना प्रकाशित गरेको थियो

क्षेत्रीय प नि का ले निकालेको सूचना


पूर्व सूचना विनानै परीक्षाको मुखैमा आएर विद्यार्थीहरुलाई दुःख दिनकै लागि परीक्षा केन्द्र परिवर्तन गरेको भन्दै बाँके र बर्दियाका विभिन्न क्याम्पसका विद्यार्थीहरुले साबिककै परीक्षा केन्द्रहरुबाट चौंथो वर्षको परीक्षा सञ्चालन गर्ने ब्यवस्था मिलाउनका लागि दबाब स्वरुप तालाबन्दी गरेको बताएका छन् ।

विद्यार्थीहरु ताला लगाउने क्रममा


परीक्षा नियन्त्रण कार्यालयको उक्त निर्णयका विरुद्ध नेपाल पब्लिक क्याम्पस संघ बर्दिया, पब्लिक क्याम्पस संघ, कर्णाली प्रदेश समिति तथा बाँके र बर्दियाका सामुदायिक क्याम्पसका क्याम्पस प्रमुखहरुको सञ्जालले पनि आज एक अलग अलग विज्ञप्ती परीक्षा नियन्त्रण कार्यालयमा बुझाएका छन् ।

बिज्ञप्तिहरु


प्राप्त जानकारीका अनुसार आज नै त्रिभुवन विश्व विद्यालय केन्द्रिय परीक्षा नियन्त्रण कार्यालय, बल्खु र सुदुरपश्चिम परीक्षा नियन्त्रण कार्यालय, अत्तरीयामा पनि तालाबन्दि भएको छ भने विभिन्न ठाउँहरुमा त्यस निर्णयको विरुद्ध आन्दोलन भएको खबर प्राप्त भएको छ ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय