नेपालगन्जमा संरक्षित वन्यजन्तु सालकसहित६ जना पक्राउ

 चैत ११, २०७

नेपालगंज: बाँकेकाे नेपालगन्जमा सनिबार संरक्षित वन्यजन्तु सालकसहित ६ जना पक्राउ परेका छन । उनिहरुको साथबाट एउटा स्कार्पियो गाडी र एउटा मोटरसाइकल पनि बरामद भएको छ ।


सनिबार बिहान साढे ९ बजेको समयमा इलाका प्रहरी कार्यालय कोहलपुरले उनिहरुलाई नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २०, मिलननगरस्थित होटल अतिथी अगाडीबाट नियन्त्रणमा लिएको जनाएको छ ।

पक्राउ पर्नेमा जोशिपुर गाउँपालिका वडा नम्बर ४, कैलालीका ३४ बर्षिय नरेन्द्र कुमार चौधरी, वडा नम्बर ३ का २३ बर्षिय प्रेम चौधरी, वडा नम्बर १ का ३४ बर्षिय जिवनदान चौधरी, राजापुर नगरपालिका वडा नम्बर ६, बर्दियाका बिजय कुमार चन्द, सोही ठेगानाका २५ बर्षिय विवेक थारु र वडा नम्बर ५ का ४८ बर्षिय टेकराज थारु रहेका छन ।

उनिहरुको साथबाट प्रहरीले ३ फिट १० ईन्च लम्बाइ भएको संरक्षित वन्यजन्तु सालक, बा १२ च ७२५९ नम्बरको स्कार्पियो गाडी र भे ७ प ४३५१ नम्बरको पल्सर मोटरसाइकल बरामद गरेको हो । पक्राउ परेका व्यक्ति, बरामद गरिएको सालक, गाडी र मोटरसाइकललाई आवश्यक कारवाहीका लागि आज नै डिभिजन वन कार्यालय नेपालगन्जमा बुझाएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय