ब्रिनोज कान अस्पतालमा तालाबन्दी

 चैत १२, २०७

नेपालगञ्ज :ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्र (अस्पताल), नेपालगञ्जमा तालाबन्दी गरिएको छ ।

अस्पतालका पुराना कर्मचारी कान सहायक पुरनबहादुर थारुलाई हटाएपछि संस्थामा विवाद उत्पन्न भएको हो । उक्त विवाद जिल्ला प्रशासन कार्यालयमा पुगिसकेको छ भने आइतबार अस्पतालमा तालाबन्दी गरिएको छ ।

२०५७ सालमा बाँकेको ५ वटा गाविसबाट काम शुरु गरेको संस्थाले सन् २००९ मा दर्ता गरेर रिफरल सेन्टरको रुपमा अस्पताल सञ्चालन गरेको थियो । संस्थामा शुरुदेखिनै विमलकुमार टण्डन अध्यक्ष रहेको, साधारणसभा नभएको, परिवारवाद भएको भन्दै थारुलगायतले आन्दोलन थालेका छन् ।

बेलायती नागरिक निल वेरको सहयोगमा अस्पताल निर्माण भएको हो । सन् २०१५ देखि निलले सहयोग गर्न छोडेका छन् ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय