खानेपानी मन्त्री अब्दुल खानले दिए पदबाट राजिनामा

 चैत १७, २०७

काठमाडौं : जनमत पार्टीका तर्फबाट संघिय मन्त्री परिषदमा खानेपानी मन्त्रीको जिम्मेवारीमा रहेका अब्दुल खानले पदबाट राजिनामा दिएका छन् ।

शुक्रबार आफूले पाएको मन्त्रालयप्रति उनले असन्तुष्टी जनाइरहेका थिए । जनमत पार्टीका उपाध्यक्ष समेत रहेका खानले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा बुझाएका हुन् । 

जनमत पार्टीले पहिलेदेखि नै उद्योग मन्त्रालय माग गर्दै आएको थियो । तर, जनमतलाई खानेपानी मन्त्रालय दिइएपछि उक्त पार्टीले असन्तुष्टी जनाएको थियो ।

अहिले विस्तार हुन लागेको मन्त्रि परिषदमा खानले फेरी उद्योग मन्त्रालय मागेपनि उक्त मन्त्रालय नपाएपछि असन्तुष्टी जनाउँदै राजिनामा दिएको बताइएको छ । 

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय