दलित पत्रकार संघ बाँकेको अध्यक्षमा परियार निर्वाचित

 चैत १८, २०७

नेपालगन्ज : दलित समुदायका मुद्दालाई सञ्चार माध्यमले प्रयाप्त स्थान दिनुपर्नेमा बाँकेका दलित पत्रकारहरुले जोड दिएका छन् । दलित समुदायका एजेण्डा घटना घटेपछि मात्र उठान गर्नु भन्दा पनि खोजेर सञ्चार माध्यमले स्थान दिनुपर्नेमा उनीहरुले जोड दिएका हुन् । शनिवार कोहलपुरमा भएको राष्ट्रिय दलित पत्रकार संघ नेपाल बाँके शाखाको प्रथम साधारणसभा तथा अधिवेशनमा सहभागीहरुले दलित समुदायका मुद्दा दलित पत्रकारबाहेक अन्यले प्राथमिकताका साथ स्थान दिनुपर्ने कुरामा जोड दिएका छन् ।

पत्रकार दलित समुदायको उत्थानका लागि सञ्चार माध्यम दलितमैत्री बन्न आवश्यक रहेको नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको सचिव शिव सुनारले बताउनुभयो । शहरी क्षेत्रमा मात्र नभई ग्रामीण बस्तीमा पुगेर पत्रकारले दलित समुदायको पिडा उजागर गरिनुपर्ने उहाँले धारणा राख्नुभयो ।
राष्ट्रिय दलित पत्रकार संघ नेपाल बाँके शाखाको प्रथम साधारणसभा तथा अधिबेशनबाट नयाँ कार्यसमिती चयन गरिएको छ । अधिवेशनबाट अध्यक्षमा कबिन्द्र परियार चयन हुनुभएको छ । उपाध्यक्षमा आशा परियार, सचिवमा शुभाखर विश्वकर्मा, सहसचिवमा बिजय परियार र कोषाध्यक्षमा रामगोपाल बि.क रहनुभएको छ । यसैगरी सदस्यमा प्रमिला बिक, शान्ती सुनार, शिवानी बिक, देवी सुनार र उमेश दलामी चयन भएका छन ।

साधारणसभा तथा अधिबेशन कार्यक्रमको उद्घाटन सत्रको अध्यक्षता रुपा गहतराजले गर्नुभएको भने कार्यक्रममा रेडियो प्रशारक संघका केन्द्रिय सदस्य हेमन्त विक, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सदस्य सरला सुवेदी, नेपाल पत्रकार महासंघ बाँके शाखाका सदस्य पवित्रा परियार, प्रेस चौतारी नेपाल बाँके शाखाका उपाध्यक्ष रेजीना मल्ल, प्रेस सेन्टर बाँकेका कोषाध्यक्ष अनिता विश्वकर्मा, सञ्चारिका समुह बाँकेका कोषाध्यक्ष धना केसी लगायतका पत्रकारहरुको सहभागिता रहेको थियो ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय