कुतर्क गर्दैमा मुलुक र समाज रुपान्तरण के सम्भब छ?

 चैत १, २०७

बिनोद थारु : नेपाली कांग्रेस प्रथम क्षेत्रीय प्रतिनिधि जिल्ला सम्मेलन शनिवार नेपालगन्जमा सम्पन्न भयो । जिल्ला सम्मेलन कसरी सम्पन्न भयो र को को नेताले के के बोले भन्ने बारेमा मेरो केही जिज्ञासा मेटाउने प्रयास गरेको छु । बिगतमा थरुहट, माधेश, जनजाति, दलित लगायत पहिचानको लागि गरिएको सडक आन्दोलन र श्वेत (गोरा) जातिका मानिस पनि श्रमिक वर्गका रूपमा उदाउनु एंग्लो–अमेरिकी राजनीतिक आन्दोलनको सबैभन्दा उल्लेखनीय उपलब्धि हो । सन् २०१६ मा अमेरिकामा भएको राष्ट्रपतिय निर्वाचनमा डोनाल्ड ट्रम्प विजयी भएपछिको अवस्थामा विद्युतीय सर्च इन्जिन गुगलमा खोजिने शब्दहरूमा ’श्वेत श्रमिक वर्ग’ भन्ने शब्द तथा वाक्यांश अत्यन्तै बढेको पाइन्छ ।
समय क्रमसँगै अमेरिकामा श्वेत जातिका मानिस मालिक मात्र नभएर श्रमिक पनि हुन थालेका थिए । तर उक्त जातिबाट जति धेरै मानिसहरु श्रमिक हुँदै गए र नेपालमा पहिचान बादीको पहिचान स्थापित हुन नसके पछि उति नै बढी आफूहरू तिरस्कृत हुँदै गएको महसुस गर्न थाले । कुनै बेला संसारको बागडोर सम्हाल्ने श्वेत जातिप्रति र नेपालमा राष्ट्रियता र आफ्नो पहिचानलाई स्थापित गर्ने आम मानिसको चासो बिस्तारै कम हुँदै जान थालेको देखिन्छ ।
बेलायतले युरोपेली संघ (इयू)को सदस्य राष्ट्रबाट बाहिरिने निर्णयका साथै सन् २०१६ मा भएको अमेरिकाको राष्ट्रपतिको निर्वाचनमा ट्रम्प विजयी भएपछि श्वेत जाति राजनीतिक मूलधारबाट किन अलग भयो भन्ने विषयमा खोजी सुरु भएको देखिन्छ । उदाहरणका लागि इयान ब्रेमरको ‘अमेरिका विरुद्ध श्वेत जातिका श्रमिक’ र रोर्बट प्रस्टोनको पुस्तक ‘डब्लुटिएफ’मा पूर्वऔद्योगिक समयमा सहरमा बस्ने सम्भ्रान्त वर्गका मानिसको अहंकार र स्वार्थीपन प्राप्त गर्न सकिन्छ । योसँगै अरू दुई प्रतिबिम्बित कुरा पनि आउँछन् । ‘आइडेन्टिटी’ र ‘द लाइज द्याट बाइन्ड’ अर्थात् पहिचान र बाँध्ने झुट । यी दुवै पुस्तकमा पश्चिमा देशमा गम्भीर आर्थिक तथा सामाजिक समस्या रहेको उल्लेख गरिएको छ । यो अभास नेपालमा पनि भएको देखिन्छ ।
अमेरिकी लेखक फ्रान्सिस फुकुयामाको यो विषयप्रतिको बुझाइ अझ अघिदेखिको हो । प्राचीन युनानी सभ्यताका दार्शनिकहरू आफ्नो पहिचान र आत्मसम्मानको कल्पना गर्ने मानिसको खोजी गर्थे । जसलाई उनीहरू ‘थिमोस’ (सम्मान र घृणाको जानकार भएको मानव मन) भन्ने गर्थे । मार्टिन लुर्थर किङले १६औं शताब्दीमा मानिसको आन्तरिक जीवन र व्यवहार फरक देखे जस्तै नेपालमा २१ औं शताब्दीमा देखियो र मार्टिन लुर्थर किङको बिचारले दाबी पनि गरे । मानिसको आन्तरिक जीवन अझ महत्वपूर्ण हुने उनको ठम्याई थियो ।
श्वेत जातिका श्रमिक नै यूरोप र अमेरिकामा लोकप्रियतावादको शिकार समेत भएको फुकुयामाको भनाइ छ । १८औं शताब्दीसम्म आईपुग्दा यूरोपेली र अमेरिकी दार्शनिकले आत्मसम्मानपूर्वक जिउने कुरा मानिसको चाहना मात्र नभएर अधिकार समेत भएको कुरामा जोड दिन थाले । त्यसपछि यी विचार एकसाथ अघि आइरहेका छन् र त्यसले आक्रोश पनि सृजना गरेको छ ।
समाजले मानिसका आन्तरिक भावनालाई बेवास्ता गर्ने गरेको निष्कर्ष निकाल्नेको संख्या बढ्न थालेको छ । हामी बस्ने समाजमा पनि गल्ती रहेको दाबी फुकुयामाको छ । विश्वको सोच नै परिर्वतन हुनुपर्ने र मानिसको व्यक्तिगत सम्मानलाई बढावा दिनुपर्ने उनको मत छ । उनी यो समस्या धेरै समूहमा रहेको विचार राख्छन् । श्वेत जातिका श्रमिक नै यूरोप र अमेरिकामा लोकप्रियतावादको शिकार समेत भएको उनको भनाइ छ ।
अरबी देशका जनताले शासकबाट आत्मसम्मानको अनुभूति नपाएकाले सन् २०१० मा सरकार विरुद्ध आन्दोलन छेडेका थिए । त्यस्तै नेपालमा पनि ०६२÷०६३ को संघिय लोकतान्त्रिक गणतन्त्रको आन्दोलनसंगै विभिन्न पहिचानबादीको आन्दोलन सरकार विरुद्धमा भएकै हो । ’मिटु’ अभियान सञ्चालन गरेका महिला हुन् वा इस्लामिक सम्प्रदायिक आन्दोलन नै किन नहुन्, सबैले आत्मसम्मान चाहेका हुन् । फुकुयामा आफ्नो पुस्तक ‘आइडेन्टिटी’मा सो दाबी दोहो¥याउँछन् । फुकुयामा यो आन्दोलनलाई अरूभन्दा पृथक र महत्वपूर्ण ठान्छन् । एउटा समूहको आन्दोलनका कारण अर्को समूह पछि परेको दाबी गर्ने मानिसप्रति भने उनको खासै रुचि देखिँदैन । एउटा सीमान्त समूहले न्यायको माग गर्दा प्राय सबै वर्गको समानता र सम्मानको उच्च कदर गरिएको हुनुपर्छ । दक्षिणपन्थी राजनीतिक विचारधारालाई आफ्नो निष्ठा ठान्ने समूहले पनि वामपन्थीले जस्तै दोषको राजनीतिलाई बढावा दिँदा आत्मसम्मानको विषय अन्तहीन च्रकव्यूहमा फस्न सक्ने उनको ठम्याइ छ ।
पहिचानवादी आन्दोलनको मुख्य उपचार भनेको राज्य नै हो । राज्यले कसैको आत्मसम्मानमा ठेस नपु¥याउने प्रणका साथै सोहीअनुरुपको व्यवहार पनि गरेको हुनुपर्छ । विभिन्न विचारधारा राख्ने समुदायले नागरिकको आत्मसम्मानको विषयलाई फरक फरक रङ दिन सक्छन् । जस्तो कि, वामपन्थी विचारधाराका मानिसले पहिचानको आन्दोलन रोक्ने प्रयास गर्न पनि सक्छन् भने दक्षिणपन्थी विचारधाराका मानिसले त्यसलाई जातीय रङ दिने प्रयास गर्न सक्छन् । वामपन्थी वा दक्षिणपन्थी विचारधाराका मानिसले जस्तोसुकै रङ दिएपनि आफ्नो देशका सबै नागरिकलाई एकीकृत गरी उनीहरूको आत्मसम्मान बढाउने काम राज्यकै हो । नेपाली कांग्रेसको केन्द्रिय सभापति तथा तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवाको नेतृत्व सरकारले समाजिक आन्दोलनमा भएको घटनालाई समस्या समाधानको लागि संसदमा बिधायेक ल्याएकै हो तर ती बिधायेकलाई पुर्ब राष्ट्रियपति बिद्या देवी भण्डारी लगायतका केहि राष्ट्रिय स्तरमा पहिचान बनाएका नेताहरुले सर्बजनिक रुपमै बिरोध गरे ।
यसकारण आफ्नो देशका सबै नागरिकलाई एकीकृत गरी उनीहरूको आत्मसम्मान बढाउने काम राज्यको होईन र ? आफुलाई महान युबा नेता कहालाउनेलाई प्रश्न ? कुतर्क गर्दैमा मुलुक र समाज रुपान्तरण के सम्भब छ? मुलुकको अर्थतन्त्र उकालो लाग्ला ? के यो २१ औं शताब्दी होईन र ?……………लेखक नेपाली काङ्ग्रेस बाँकेका सह -सचिब हुनुहुन्छ

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय