चितवनमा कांग्रेस एक ढिक्का भए परिणाम उल्ट्याउँछौँ – विश्वप्रकाश शर्मा

 चैत २०, २०७

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले १० वैशाखमा हुने उपनिर्वाचनमा चितवन २ को परिणाम उल्टिने बताएका छन् ।

उम्मेदवारी मनोनयन गर्नुअघि चितवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले अघिल्लोपटक अन्यत्र भोट दिएकाले पनि यसपटक कांग्रेसलाई नै भोट हाल्ने दाबी गरे। 

चुनाव जित्न सकिँदैन भन्ने धेरैलाई लागेको हुन सक्छ तर एक जना बाले यो पटक १० गते परिणाम उल्टिन्छ र बदलिन्छ भन्नुभएको छ । किनकि अघिल्लोपटक हाम्रो १८ हजार भोट अन्य गएको थियो’, शर्माले भने, ‘यो पटक नतिजा हाम्रोमा आउँछ । गठबन्धनले सहजै चुनाव जित्छ ।’ 

केहीमा वितृष्णा आए पनि शर्माले ‘घर फर्कौ रूख रोपौं भन्दै आधुनिक कांग्रेस बनाउने अठोटका साथ उभिएको बताए । 

जीतनारायण श्रेष्ठजस्तो व्यक्तिलाई जिताएर पठाउँदा, परिवर्तनलाई घनीभूत बनाउन पनि जीत निश्चित गर्नुपर्छ’, शर्माले भने, ‘१० वैशाखमा कांग्रेस एक ढिक्का हुँदा परिणाम उल्टाउन गाह्रो छैन ।’ 

नागरिकता प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद गएपछि उपनिर्वाचन हुन लागेको हो ।

उपनिर्वाचनमा रास्वपाबाट लामिछाने, कांग्रेसबाट जीतनारायण श्रेष्ठ र एमालेबाट रामप्रसाद न्यौपानेबीच प्रतिस्पर्धा हुँदैछ ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय