उपचुनाव : उम्मेदवारको अन्तिम नामावली दिउँसो ३ बजेपछि प्रकाशित  हुँदै

 चैत २३, २०७

काठमाण्डाै : आगामी वैशाख १० गते हुने उपचुनावका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुँदैछ । निर्वाचन आयोगका अनुसार दिउँसो ३ बजेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।

अन्तिम नामावली प्रकाशित भएपछि उम्मेदवारले चुनाव चिह्न पाउनेछन् । त्यस अघि उम्मेदवारी फिर्ता लिन इच्छुकलाई बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय दिइएको छ । यो समयमा उम्मेदवारी फिर्ता लिन चाहनेले फिर्ता गर्न सक्नेछन् ।

आज उम्मेदवारले चुनाव चिह्न पाएपछि उपचुनावको प्रसारप्रसार औपचारिकरुपमा सुरु हुनेछ । चुनाव हुनु ४८ घण्टा अगाडिसम्म उम्मेदवारले प्रचारप्रसार गर्न पाउने छन् ।  उम्मेदवारी दर्ता गराएकाविरुद्ध परेको उजुरीमाथि हिजो जाँचबुझ गरिएको थियो ।

चितवन क्षेत्र नम्बर २ मा उम्मेददवारी दर्ता गराएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध परेका उजरी खारेज भएका छन् । उजुरी खारेज भएपछि उहाँको उम्मेदवारी कायमै छ । आउँदो बैशाख १० गते चितवन २ सहित तनहुँ १ र बारा २ मा चुनाव हुँदैछ ।  

गएको मङ्सिर ४ गते भएको चुनावमा तनहुँ १ बाट निर्वाचित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति, बारा २ बाट निर्वाचित जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएकाले र चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकता विवादका कारण सांसद पदबाट मुक्त भएकाले ती क्षेत्रमा उपचुनाव हुन लागेको हो । 

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय