मनपरीरुपमा यात्रु ओसार्ने निजी गाडीलाई कारबाही गर्न गृहको निर्देशन

 चैत २३, २०७

काठमाण्डाै: गृह मन्त्रालयले भाडा लिएर यात्रु बोक्ने निजी गाडीलाई कारबाही गर्न निर्देशन दिएको छ । 

मन्त्रालयले हिजाे सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै भाडा लिएर यात्रु बोक्ने निजी गाडीलाई कारबाही गर्न निर्देशन दिएको हो । यसअघि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले आफूखुसी भाडा तोकेर यात्रु ओसार गर्ने गाडीमाथि कारबाही गर्न गृह मन्त्रालयसँग आग्रह गरेको थियो । 

महासङ्घले मङ्गलबार आफूखुसी भाडा तोकी देशभर निर्विवाद यात्रु ओसार गर्ने गरेको पाइएको भन्दै त्यस्ता गाडीलाई कारबाहीका लागि सम्बन्धित क्षेत्रलाई निर्देशन दिन आग्रह गरेको थियो ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय