हनुमान जन्मोत्सवका अवसरमा नेपालगञ्जमा शोभा यात्रा

 चैत २३, २०७

नेपालगंज: श्री हनुमान जन्मोत्सवको अवसरमा बिहीबार नेपालगञ्जमा बिशाल शोभा यात्रा निकालिएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं–२ स्थित हनुमानगढीबाट शुरु भएको बिशाल शोभा यात्रा नेपालगञ्जको बिभिन्न भागको परिक्रमा गरेको थियो ।

शोभा यात्रा धम्बोझी चोक, पुष्पलाल चोक, न्यूरोड, त्रिवेणीमोड, त्रिभुवन चोक र बीपी चोक हुँदै पुनः हुनमानगढी मन्दिरमा पुगेर समापन गरिएको थियो । मंगलबारदेखि शुरु भएको जन्मोत्सव कार्यक्रमको बिहीवार अन्तिम दिन हो ।

जन्मोत्सवको कार्यक्रम अन्तर्गत अखण्ड रामायण पाठ अष्टयाम सङ्कीर्तन एवं निशान पूजन, बुधवार साँझ भारतको अयोध्याबाट आएका १२ जनाको विशेष टोलीले विशेष झाँकी, श्रीराम भजन, ताण्डव नृत्य लगायत कथा प्रवचन भएको थियो ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय