कैलालीमा बाघको आक्रमणबाट एक युवक घाइते

 चैत २४, २०७

कैलाली : कैलालीमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । टीकापुर नगरपालिका वडा नम्बर ८ श्रीलंकाका पवन आउजीलाई बाघले आक्रमण गरेको हो । २७ वर्षीय पवनलाई शुक्रबार बिहान बाघले आक्रमण गरेको स्थानीयले बताएका छन् ।

गहुँ बारीमा उनलाई बाघले आक्रमण गरेको स्थानीयले बताए । उनको हात र कानमा चोट लागेको छ । स्थानीयले हो–हल्ला गरेपछि बाघ भागेको थियो । नेपाल–भारत सीमा क्षेत्रमा बाघ देखिएको टीकापुर प्रहरीले बताएको छ ।

घाइतेको उपचारका लागि बर्दिया राजापुर पठाएको छ । सो क्षेत्रमा बाघले युवकलाई आक्रमण गरेकाले सतर्क रहन प्रहरीले आग्रह गरेको छ ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय