कांग्रेसका पूर्वसांसद तुम्वाहाम्फेको निधनमा शोक व्यक्त

 चैत २५, २०७

तेहथुम जिल्लाका ऐतिहासिक धरोहर नेपाली कांग्रेस केन्द्रीय कार्य समितिका पूर्व सदस्य तेजमान तुम्वाहाम्फेको निधन भएको छ । वि.सं. २०१५ को आम निर्वाचनमा क्षेत्र नं. २६ धनकुटाबाट निर्वाचित उनको हिजो साँझ ९७ वर्षको उमेरमा निधन भएको हो ।

तुम्वाहाम्फे पार्टीको सातौँ महाधिवेशन पश्चात जननायक वीपी कोइरालाको सभापतित्वमा रहेको पार्टीको केन्द्रीय कार्य समितिमा सदस्य थिए । स्वर्गीय तुम्वाहाम्फेले कांग्रेसको संगठन निर्माण तथा प्रजातन्त्र स्थापना र पुनस्र्थापनाका आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

स्वर्गीय तुम्वाहाम्फेप्रति उच्च सम्मान प्रकट गर्दै आगामी २५, २६ र २७ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाउनुका साथै चैत्र २६ गते आइतबारका दिन केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गरिने छ ।

स्वर्गारोहणको १३ औं दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्लामा शोक पुस्तिका राख्नुका साथै १३ औं दिनमा सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गरिनेछ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भने, “नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं पूर्व सांसद तेजमान तुम्वाहाम्फेको निधनको खबरले मलाई स्तब्ध र मर्माहत बनाएको छ, स्वर्गीय तेजमान तुम्वाहाम्फेले नेपाली कांग्रेसको संगठन निर्माण र प्रजातान्त्रिक आन्दोलनहरुमा पुर्‍याउनु भएको सक्रिय योगदान पार्टीमा सदा स्मरणीय रहिरहनेछ, उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथ उहाँका शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय