रास्वपा सांसद ढाकाकुमार श्रेष्ठले दुर्गा प्रसाईंसँग दुई करोड मागेको अडियो सार्वजनिक

 चैत २६, २०७

राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ। 

कपुरबोट मिडियाले  श्रेष्ठ र प्रसाईंबीच भएको डिलको अडियो सार्वजनिक गरेको छ। 

अडियोमा श्रेष्ठले पार्टी सभापति रवि लामिछानेका मान्छेलाई दिन उक्त रकम चाहिएको बताएका छन्। 

अडिओ सार्वजनिक भएपछि रास्पपाले पनि यस विषयमा छानबिन गर्ने भएको छ। रास्वपा संसदीय दलका नेता डिपी अर्यालले अडियोबारे जानकारी आएको बताए।

‘मिडियामा आएको अडियो हामीले पनि  सुन्यौं, यसबारे पार्टीमा छलफल भइरहेको छ,’ अर्यालले भने।

यसबारे कुरा गर्न खोज्दा व्यवसायी प्रसाईं र सांसद श्रेष्ठले फोन उठाएनन्। 

सहकारीको पैसा अपचलन गरेको मुद्दामा सांसद श्रेष्ठ यसअघि पनि विवादमा आएका थिए। उनी अध्यक्ष रहेको पोखराको साथी किसान कृषि सहकारी संस्थाले बचतकर्ताको ८२ लाख रुपैया अपलचन गरेको मुद्दा उनीमाथि छ। 

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय