राप्रपाले देशमा भ्रष्टाचार हुन दिँदैन : सांसद धवलशमशेर

 चैत २७, २०७

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवलशमशेर राणाले आफ्नो पार्टीले देशमा भ्रष्टाचार हुन नदिने दाबी गरेका छ्न। 

सोमवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद राणाले देशमा एनसेल, नक्कली भुटानी शरणार्थी र धितो बोर्ड लगायतका काण्डै काण्ड आएको भन्दै ती सबैलाई राप्रपाले नजिकबाट नियालिरहेको बताउनुभयो । उहाँले राप्रपाले देशमा भ्रष्टाचार हुन नदिने उल्लेख गर्दै सरकारलाई सचेत गराउनुभयो । उहाँले मन्त्रीका छोराहरूले विभिन्न घटना घटाइरहेका भन्दै उनीहरूलाई कानुनी कठघरामा लानुपर्ने बताए । 
राणा भन्छन्  ‘यो देशमा भ्रष्टाचार हुन हामी दिने छैनौँ । तपाईँहरू सचेत रहनुस् । यो सरकारलाई सचेत गराउन चाहन्छु । सरकारमा बसेका ठूला–ठूला मन्त्रीका छोराहरूले विभिन्न घटनाहरू घटाइरहेका छन् । सरकारले उनीहरू सबैलाई कानुनी कठघरामा लानुपर्छ भन्ने मेरो अनुरोध छ ।’

सांसद राणाले जिल्लाहरूमा अझै मलखाद नपुगेको भन्दै तुरुन्त मलखादको व्यवस्था गर्न पनि सरकारसँग माग गर्नुभयो । मल कारखाना स्थापना गर्ने कुरा पटक–पटक उठेको भए पनि अझै हुन नसकेको भन्दै उहाँले यसबारेमा सरकारले संसद्लाई जानकारी दिनुपर्ने माग गर्नुभयो ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय