न्यायाधीश भुवन गिरी  श्रीमतीलाई कुटपिट र याैन शोषण गरेको आरोपमा काठमाण्डौबाट पक्राउ

 चैत २८, २०७

काठमाण्डौ :न्याय परिषद्का न्यायाधीश भुवन गिरीलाई प्रहरीले काठमाण्डौबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको पक्राउ पुर्जीका आधारमा न्यायाधीश गिरीलाई मङ्गलवार काठमाण्डौको गोङ्गबुबाट पक्राउ गरिएको काठमाण्डाै प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँले पक्राउ परेका न्यायाधीश गिरीलाई प्रक्रिया पुर्‍याएर कपिलवस्तु पठाइने पनि बताउनुभयो ।

न्यायाधीश गिरीले आफूलाई कुटपिट र बलात्कार गरेको भन्दै श्रीमती आरती गिरी रावलले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा गएको मङ्सिरमा जाहेरी दिनुभएको थियो । जाहेरीमा श्रीमानले आफूलाई पटक–पटक कुटपिट, यौन शोषण र हिंसा गरेको उल्लेख छ । न्यायाधीश गिरीले पनि श्रीमतीले पैसा चोरेको भन्दै उजुरी दिनुभएको थियो ।

गएको असारमा जिल्ला अदालत कपिलवस्तुमा पदस्थापन हुनुभएका गिरी विवादमा तानिएपछि अघिल्लो महिना न्याय परिषद् काठमाण्डौमा सरुवा हुनुभएको थियो ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय