गाउंपालिका अध्यक्षको घर पछाडि भेटियो कुकर बम
![](http://www.nagarikmat.com/wp-content/uploads/2023/04/presarkukar-bom-5a220b4e4814a1.93108679_u1BH5P4iVM.jpg)
रुपन्देही: रुपन्देहीको सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेको घर पछाडि प्रेसर कुकर बम फेला परेको छ । नेपाली कांग्रेस रुपन्देहीका उपसभापति समेत रहेका अध्यक्ष घिमिरेको सियारी–६ स्थित घरको पछाडिपट्टि राखिएको बम आज बिहान फेला परेको हो । बम फेला परेपछि अध्यक्ष घिमिरेले सुरक्षा निकायलाई खबर गरेपछि दिउसो १२ बजेतिर नेपाली सेनाको टोलीले बम डिस्पोज गरेको छ । जिल्ला प्रहरी कार्यलय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालका अनुसार सिमेन्टको बोराभित्र हालेर बम राखेको ठाउंमा मधेश पिपुल्स पार्टीको नाममा पर्चाहरु भेटिएको छ । प्रहरीले घटनाको अनुसन्धान शुरु गरेको उनले बताए ।
तपाईंको प्रतिक्रिया