बैजनाथमा मृगौलाको प्रारम्भिक जाँच शिविर सञ्चालन 

 जेठ ०२, २०८०

बाँके (बैजनाथ) : बैजनाथ गाउँपालिकामा मृगौलाको प्रारम्भिक जाँच शिविर सञ्चालन गरिएको छ । बैजनाथ गाउँपालिकाको आयोजनामा उक्त शिविर सञ्चालनमा ल्याइएको हो । शिविरको गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले शुभारम्भ गरेकी हुन् । 

स्वास्थ्य शाखा प्रमुख लक्ष्मण शाहीले दिएको जानकारी अनुसार बैजनाथको वडा नम्बर २ र ४ स्थित आधारभुत स्वास्थ्य सेवा केन्द्रमा शिविर सञ्चालन गरिएको थियो । ४० वर्ष माथीका नागरिकको मृगौलाको अवस्थाबारे बुझ्न मृगौलाको जाँच गरी समयमै पत्ता लगाई रोग निदान तथा उपचारमा सहज हुने हेतुले यो कार्यक्रमआयोजना गरिएको शाखा प्रमुख शाहीले बताए । 

शिविर अन्तरगत वडा नम्बर २ मा १ सय ४५ जना र वडा नम्बर ४ मा १ सय ७५ जनाको स्वास्थ्य परिक्षण गरिएको छ । सो क्रममा गाउँपालिका उपाध्यक्ष रोकायले यस्तो जाँच सबै वडामा गरिने बताइन् । प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले जनताको स्वास्थ्यप्रति सजग रही रोग लाग्नुभन्दा रोगको बाटो छेक्नु उत्तम हुने बताए । 

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय