भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ

 जेठ ०४, २०८०

काठमाण्डाै : नक्कली भुटानी शरणार्थी प्रकरणमा भुटानी शरणार्थीका नेता तथा अधिकारकर्मी टेकनाथ रिजाल पनि पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसरको टोलीले रिजाललाई काठमाण्डौमा रहेको उनकै निवासबाट आज बिहीवार पक्राउ गरेको हो ।

यसअघि नै पक्राउ परेका केही अभियुक्तले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर भुटान लैजाने काममा टेकनाथ रिजालको नामसमेत लिएको र थप प्रमाण पनि भेटिएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यससँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १५ जना पुगेको छ । पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलगायतका १४ जना यसअघि नै पक्राउ परिसकेका छन् ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय