पोर्चुगलमा सुतेकै अबस्थामा बाँकेकाे खजुराका एक युवाको मृत्यु

 जेठ ०७, २०८०

नेपालगञ्ज : वैदेशिक रोजगारीका लागि आठ महिनाअघि पोर्चुगल पुगेका बाँकेकाे खजुराका एक युवाको मृत्यु भएको छ ।

खजुरा गाउँपालिका–१ चन्द्रनगरका ३३ वर्षीय गणेशमान साराङकोटीको शुक्रवार सुतेकै अवस्थामा मृत्यु भएको गैर आवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रविन अधिकारीले जानकारी दिए ।

साराङकोटी पोर्तीमाउमा रहेको एक होटलमा कार्यरत थिए । उनी रोजगारीकै सिलसिलामा दुबई–माल्टा हुँदै आठ महिनाअघि पोर्चुगल पुगेका थिए ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय