पिकनिकमा गएका दुई किशोरीको राप्तीमा डुबेर मृत्यु

 जेठ १०, २०८०

नेपालगन्ज : पिकनिक खाना गएका दुई किशोरीको राप्ती नदीमा डुबेर ज्यान गएको छ । मंगलबार नेपालगञ्जबाट पिकनिक खाना गएकामध्ये दुई किशोरीको राप्ती नदीमा नुहाउने क्रममा डुबेर ज्यान गएको हो ।

बाँकेकाे डुडुवा गाउँपालिका वडा नं-५ स्थित राप्ती नदी नजिकै पिकनिक खाना गएका छ जना किशोरीहरुमध्ये दुई किशोरीको डुबेर ज्यान गएको इलाका प्रहरी कार्यालय कम्दीका प्रमुख बिष्णु शाहीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार नेपालगञ्ज उपमहानगरपालिका वडा नं-१२ कोरियनपुर बस्ने २५ वर्षीया सरिता चौधरी र कोहलपुर नगरपालिकास्थित गोर्खा स्कुल नजिक बस्ने २९ वर्षीया शारदा बस्नेतको ज्यान गएको हो ।

छ जना किशोरीहरुको समूह पिकनिक खाना राप्ती नदीको तीरमा पुगेका थिए । उनीहरु अपरान्ह करिब ३/४ बजेको समयमा त्यहाँ पुगेको अनुमान गरिएको छ । ती किशोरीहरुमध्ये नदीमा नुहाउन लागेका दुई जना किशोरीहरु डुबेपछि अन्य युवतीहरुले सहयोगका लागि हारगुहार मागेका थिए ।

त्यस लगत्तै पुगेको प्रहरी र स्थानीयले पौने सात बजे ति किशोरीहरुको शव निकालेको प्रहरी प्रमुख शाहीले बताउनुभयो । मृतक किशोरीहरुको शव नेपालगञ्जस्थित भेरी अस्पतालमा राखिएको छ ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय